FAQs Complain Problems

सूचना

बाह्रदशी गाउँपालिका कर्मचारी ।

Read More

बाह्रदशी गाउँपालिका भवन ।

Read More

निर्माणधिन बाह्रदशी गा पा प्रशासकीय भवन ।

Read More

गा पा जनप्रतिनिधि एवम् कर्मचारी परिवार ।

Read More

वडा कार्यालय ।

Read More

निर्माणधिन बाह्रदशी सामुदायिक क्याम्पस ।

Read More

निर्माणधिन बाह्रदशी सामुदायिक अस्पताल ।

Read More

धार्मिक तथा पर्यटकीय स्थल बाह्रदशी डाँडा ।

Read More

राजवंशी सामुदायिक भवन तथा अध्ययन केन्द्र बाह्रदशी ३ ।

Read More

बाह्रदशी गाउँपालिकाको परिचय

बाह्रदशी गाउँपालिका कोशी प्रदेश, मेची अञ्चल, झापा जिल्लाको दक्षिणी भेगमा अवस्थित रहेको छ। नेपाल सरकारको पछिल्लो राज्य पुनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारी लाई समावेश गरी बाह्रदशी गाउँपालिकाको नामकरण गरिएको हो। यस गाउँपालिकाभित्र विभिन्न धर्म सम्प्रदायका मानिसहरूको बसोबास रहेको छ। दक्षिणी भागमा आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा अन्य जातिको बाहुल्यता रहेको छ। यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध छन् भने केही जनसंख्या व्यापार व्यवसायमा पनि संलग्न छन्। गाउँपालिकाको दक्षिण भेगमा राजगढ बजार, मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डाँगीबारी बजार प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेका छन्।

  • प्रदेश: कोशी
  • जिल्ला: झापा
  • कुल क्षेत्रफल: ७८.४४ वर्ग कि.मी.
  • कुल जनसंख्या: ३७,९४६
  • उचाइ: ७७ मिटर (समुन्द्र सतहबाट)
  • जम्मा वडा: ७ वटा

भौगोलिक अवस्थिति र सिमाना

समुन्द्र सतहबाट ७७ मिटरको उचाइमा रहेको यस गाउँपालिकाको समतल भूमि निम्न स्थानीय तहहरूसँग जोडिएको छ:

उत्तर: विर्तामोड र कनकाई नगरपालिका
दक्षिण: कचनकवल गाउँपालिका
पूर्व: हल्दिबारी गाउँपालिका
पश्चिम: झापा गाउँपालिका

शैक्षिक तथा स्वास्थ्य पूर्वाधार

गाउँपालिकाभित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरूले यहाँका बालबालिकाहरूलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएका छन् भने स्वास्थ्य संस्थाहरूले स्थानीयवासीलाई सहज रूपमा औषधि उपचारको व्यवस्था गरेका छन्। यातायात गुरुयोजनाले यस गाउँपालिकाभित्र ३२५ वटा सडक खण्डहरू पहिचान गरेको छ।

  • १ वटा सामुदायिक क्याम्पस
  • १६ वटा सामुदायिक विद्यालय
  • १३ वटा संस्थागत विद्यालय
  • १ वटा आधारभूत अस्पताल
  • २ वटा स्वास्थ्य चौकी
  • ५ वटा आधारभूत स्वास्थ्य चौकी

वडागत विवरण

बाह्रदशी गाउँपालिका ७ वटा वडामा विभाजन भएको छ। जसको विस्तृत विवरण तल प्रस्तुत गरिएको छ:

वडा नं. समावेश साविक गाविस र वडाहरू क्षेत्रफल (वर्ग कि.मी.) जनसंख्या भौगोलिक अवस्थिति / विशेषता
राजगढ (१, २, ९) ९.४२ ४,५५१ दक्षिणी भाग (हिमाली राजमार्गले जोडेको)
राजगढ (३, ४, ५) १४.८१ ६,२६४ दक्षिणी भाग
राजगढ (६, ७, ८) ११.०३ ६,७४२ दक्षिणी भाग
चकचकी (१, ३, ८, ९) ८.२२ ४,४४८ मध्य भाग
चकचकी (४, ५, ६, ७) १३.७७ ७,३०७ मध्य भाग
डाँगीबारी (६, ७, ८) १२.३३ ५,३६० उत्तरी भाग
डांगीवारी (१-४, ५, ९) ८.८७ ३,२७४ सबैभन्दा उत्तरी भाग

Pages

सूचना

जन प्रतिनिधि

अध्यक्ष
Phone:
9852672008
Email:
उपाध्यक्ष
Phone:
9817973913
Email:
प्रवक्ता /वडा अध्यक्ष
Phone:
9804930445
Email:
प्रमुख प्रशासकीय अधिकृत
Email:
gajendra.thapaliya@gmail.com
Phone:
9852659111/ 9851336892 (CAO)
बरिष्ठ लेखा अधिकृत (अधिकृत आठौं)
Email:
chudamanighimire77@gmail.com
Phone:
9817094080

//